scheduleशनिवार मंसिर २० गते, २०७७

निद्रा र पेटको समस्या हटाउने एलोभेरा खाँदा फाइदै फाइदा

सामान्यतय कपाल र छालाका लागि प्रयोगमा आउने एलोभेराका धेरै फाइदाहरु छन् । पेटसँग सम्बन्धी बिरामीहरुका लागि यसको प्रयोग विशेष फाइदाजनक हुन्छ । साथै अन्य बिमारीहरुका लागि पनि यो रामबाण साबित हुन्छ ।

यदि तपाईलाई टाउको दुख्ने समस्या छ भने खाली पेटमा दैनिक एलोभेराको रस पिउनाले यो समस्याबाट छुटकारा मिल्छ ।

यदि पेट सफा हुँदैन र कब्जियतको समस्या छ भने पनि दैनिक बिहान खालीपेटमा यसको सेवन गर्नुस् । यसले तपाईको पेट सफा राख्नुका साथै कब्जियतको समस्या हल गर्छ ।

अस्वस्थ खानपानको संस्कारले शरीरमा विभिन्न विशाक्त तत्वहरु उत्पन्न हुन्छन् । यसको परिणामस्वरुप पेट र छाला सम्बन्धी समस्याहरु देखा पर्छन् । एलोभेराले शरीरमा डिटक्सीफिकेशन प्रक्रियाद्वारा शरीरका विशाक्त पदार्थहरुलाई बाहिर निकाल्छ ।

यदि तपाईलाई भोक नलाग्ने समस्या छ भने दैनिक बिहान एलोभेराको रस पिउनु होस् । यसले तपाईको यो समस्याबाट छुटकारा दिलाउँछ ।

एलोभेरामा एन्टी माइक्रोवाइल हुन्छ जसले दाँत सफा राख्न मद्दत गर्छ । साथै, यसले दाँतलाई बेक्टेरियाको इन्फेक्सनबाट पनि बचाउँछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay