scheduleमगलवार मंसिर १६ गते, २०७७

पञ्जाबले लगातार तेस्रो जीत निकाल्दा प्रिन्ती यसरी रमाइन्, हेर्नुहोस् खेलका रमाइला तस्बिरहरु

काठमाडौं, ५ कात्तिक । आईपिएलको १३औं सजिनको ३८औं खेलमा शिखर धवन, क्रिस गेल र निकोलस पूरनको ब्याटिङ चर्चामा रह्‍यो र खेल रोमाञ्चक बनाइदियो । खेलमा शिखरको शतकलाई छायाँमा पार्दै पञ्जाबले दिल्लीविरुद्ध ५ विकेटको जित निकाल्यो ।

लगातार हारको कारण अंक तालिकाको पुछारमा रहेको पञ्जाब लागतार तेस्रो जित दर्ता गर्दै अंक तालिकाको पाँचौं स्थानमा आइपुगेको छ । जितको यो श्रृंखलाले पञ्जाब टिमको लगानीकर्ता प्रिती जिन्ताको अनुहारमा खुसी नै खुसी भरियो । उनले बारम्बार जितको सेलेब्रेसन गरिरहिन् । हेर्नुहोस् खेलका केही प्रतिनिधि तस्बिरहरु-

दिल्लीका ओपनर शिखर धवन आघपीएलमा ५ हजार रन पूरा गर्ने पाँचौं खेलाडी बनेका छन् । उनले लगातार दुई खेलमा टिमका लागि शतकीय योगदान गरेका छन् ।

 

लक्ष्य पछ्याउँदै पञ्जाबका निकोलस पूरनले २८ बलमा ५३ रनको पारी खेले । उनले ६ चौका र ३ छक्का हिर्काए । उनको यही योगदानकै कारण पञ्जाबले ५ विकेटको विजय निकाल्न सक्यो ।

 

पञ्जाबका लागि क्रिस गेलले १३ बलमा २९ रन जोडे । उनले एकै ओभरमा तीन चौका र २ छक्का हिर्काए । गेललाई स्पिनर रविचन्द्रन अश्विनले क्लिन बोल्ड गरिदिए ।

 

खेलको क्रममा क्रिस गेलको जुत्ताको तुना बाँधिदिँदै स्पिनर अश्विन ।

 

ग्लेन म्याक्सवेलले २४ बलमा ३२ रनको पारी खेले । उनले तीन चौका हिर्काए ।

 

दिल्लीका अलराउन्डर मार्कस स्टोइनिसले खेलको १९औं ओभरको ५औं बलमा दीपक हूडाको क्याच मिस गरे ।

 

निकोलस पुरनलाई रनआउटको प्रयास गर्दै दिल्लीका विकेटकिपर ऋषभ पन्त ।

 

खेल जितेसँगै पञ्जाब र दिल्लीका खेलाडीले यसरी मस्ती गरिरहेको देखिए ।

 

पञ्जाबका ब्याट्सम्यान जिमी निशमले छक्का प्रहार गर्दै टिमलाई जिताए । छक्का प्रहार हुँदा प्रीति जिन्ताको अनुहारमा यसरी खुसी भरियो ।

 

खेल हुनुभन्दा अगाडि पञ्जाबका कोच अनिल कुंबले र दिल्लीका कोच रिकी पोन्टिङ रणनीतिमाथि चर्चा गर्दै ।

 

किंग्स इलेवनको फिल्डिङ कोच जोन्टी रोड्स खेलभन्दा अगाडि यस्तो अवस्थामा देखिए ।

 

कोरोना महामारीका कारण अबुधाबीको मैदानमा खेल हुनुअघि स्यानिटाइज गर्दै एक कामदार ।

(भास्कर डट कमबाट)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay