scheduleबिहिवार मंसिर १८ गते, २०७७

पिएसजीलाई हराउँदै युनाइटेडको च्याम्पियन्स लिगमा विजयी सुरुवात

काठमाडौं, ५ कात्तिक । युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा इंंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जीत निकालेको छ । गएराति सम्पन्‍न खेलमा युनाइटेडले पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई उसैको मैदानमा २-१ ले हरायो ।

युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कस रासफोर्डले १ १ गोल गरे । पिएसजीले एक गोल उपहारका रुपमा पाएको थियो ।

२३औं मिनेटमा युनाइटेडले पेनाल्टीमार्फत गोल गर्दै खलमा १-० को अग्रता लिन सफल भयो । पेनाल्टी बक्समा एब्डोउ डियालोले एन्थोनी मार्सियललाई लडाएपछि प्राप्त पेनाल्टीमा ब्रुनो फर्नान्डेसको प्रहारलाई पिएसजीका गोलरक्षक केलर नाभासले रोकेपनि लाइनभन्दा अघि बढेका कारण पुनः गरिएको प्रहारमा फर्नान्डेसले गोल गर्न सफल भएका थिए ।

५५औं मिनेटमा मार्सियलको आत्मघाती गोलबाट खेल बराबरीमा आएको थियो । खेल सकिन तीन मिनेट बाँकी रहँदा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २-१ को जीत दिलाए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay