scheduleबुधवार मंसिर १७ गते, २०७७

कर्णालीका विषयमा बालुवाटार र खुमलटारको फरक फरक विज्ञप्ती

काठमाडाैं, ५ कात्तिक ।  कर्णालीको विवाद मिलाउने विषयमा नेकपाभित्र फेरि नयाँ विवाद सिर्जना भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार छलफल भएको थियो ।

छलफलमा कर्णाली प्रदेशको विवाद सुल्झाउन चार बुँदे सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले बताए ।  थापाले विज्ञप्ती मार्फत् दिएको जानकारी जस्तै दुई अध्यक्षबीच सहमति नभएको भन्दै प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाले बताएका छन् । बालुवाटार र खुमलटारबाट फरक फरक विज्ञप्ती आएपछि दुबै अध्यक्षबीच देखिएको टसल सार्वजनिक भएको हो ।

मंगलबार भएको छलफल अनुसार कर्णाली प्रदेशको विवाद प्रदेशले नै मिलाउने गरी सहमति भएको र बाहिर आएजस्तो अन्य विषयमा सहमति नभएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले   बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध दलकै नेताहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यहाँ विवाद सुरु भएको थियो । सोही विवाद सल्टाउन कर्णालीका मुख्यमन्त्रीसहित नेताहरुलाई नेतृत्वले काठमाडौं बोलाएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay