scheduleबुधवार मंसिर १७ गते, २०७७

धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमितले ५० हजार देखी २ लाखसम्म धरौटी जम्मा गर्नुपर्ने

काभ्रे, ५ कात्तिक । सरकारले कार्तिक २ गतेदेखि कारोना भाईरसबाट सङ्क्रमित आफैंले उपचार खर्च बेहोर्नुपर्ने प्रावधान ल्याएपछि कोरोना सङ्क्रमितको उपचार गर्दै आएका अस्पतालहरूले धमाधम खर्च निर्धारण गरिरहेका छन् ।

काभ्रे जिल्लाको धुलिखेल अस्पतालले पनि एक सूचना जारी गर्दै कोरोनाबाट सङ्क्रमित भएकाहरुलाई दैनिक रुपमा लाग्ने उपचार खर्चको विवरण सार्वजनिक गरेको छ ।

अब कोरोना सङ्क्रमितले धुलिखेल अस्पतालमा भर्ना हुनुभन्दा अगाडि नै अस्पतालको नगद शाखामा ५० हजार देखि २ लाखसम्म धरौटी रकम जम्मा गर्नुपर्ने सूचनामा उल्लेख छ । बिरामीको अवस्था अनुसार धरौटि रकम निर्धारण गरिएको छ ।

सामान्य लक्षण भएका बिरामीलाई वार्डमा राख्दा ५० हजार धरौटी राख्नु पर्नेछ भने मध्य जटिल बिरामीलाई एचडियुमा राख्दा १ लाख धरौटी राख्नु पर्ने छ र जटिल खालका बिरामीलाई आईसियुमा राख्दा २ लाख धरौटी राख्नुपर्ने छ । सूचनामा सामान्य लक्षण भएका बिरामीलाई दैनिक ३ हजार ५ सय, मध्य जटिल विरामीलाई ७ हजार ५ सय र जटिल विरामीलाई १५ हजार लाग्ने उल्लेख छ ।

यसपछि पनि औषधी तथा रोग निदानमा प्रयोगमा हुने जाँचहरू तथा भेन्टिलेटरको थप शुल्क लाग्ने छ । सङ्क्रमितको उपचारमा लाग्ने शुल्क नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार नै निर्धारण गरिएको अस्पतालले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay