scheduleशनिवार मंसिर २० गते, २०७७

सरकार नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भयोः नेता सिंह

काठमाडौं,  ५ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोभिड-१९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता हुनुपर्ने बताएका हुन् ।

बुधबार काठमाडौं क्षेत्र नम्बर-१ का विभिन्न स्थानमा आयोजित मास्क वितरण कार्यक्रममा नेता सिंहले कोभिड-१९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय संविधान विपरित भएको टिप्पणी पनि गरे ।

उनले संविधानले ग्यारेन्टी गरे अनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएको समेत बताए ।

कोभिड-९ संक्रमण अत्याधिक बढ्दै गएको अवस्थामा सरकार पछाडी हटेर आफ्नो उपचार आफैं गर्न भन्नु गैरजिम्मेवारपूर्ण कदम भएको पनि उनले बताए ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले एकातिर जनतालाई पीसीआर परीक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय सांसदहरुलाई दशैंभत्ता दिने कामले सांसदहरुलाई जनताको नजरमा बदनाम गर्ने नियत देखिएको उल्लेख गरे ।

केहि दिन अघिदेखि नै नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रमा मास्क वितरण शुरु गरेका थिए । यसअघि नेता सिंहले लकडाउनका कारण समस्यामा परेकाहरुलाई उद्धार र खाद्यान्न सहयोग गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay