scheduleमगलवार मंसिर १६ गते, २०७७

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी

काठमाडौं, ५ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदावारी दर्ता गराएका छन् ।

बुधबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालले उम्मेदवारी दर्ता गराएका हुन् । ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले पनि सँगसँगै उम्मेदवारी दर्ता गराएका छन् ।

ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका छन् ।

गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएपछि वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

महासंघको चुनावका लागि उम्मेदवारहरुले आजदेखि मंसिर ४ गतेसम्म मनोनयनपत्र दर्ता गर्न सक्ने व्यवस्था छ । मनोनयन दाखिला इमेलबाटै गर्न सकिने भएपनि त्यसको कागजागत मंसिर ४ गतेभित्र बुझाइसक्नुपर्ने व्यवस्था महासंघले गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay