scheduleमगलवार मंसिर १६ गते, २०७७

भारतीय सेनापति आउनुअघि छोटो समयका लागि ‘रअ’ प्रमुख काठमाडौंमा

काठमाडौं, ५ कात्तिक । भारतको अन्तर्राष्ट्रिय जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ्ग (र) का प्रमुख सामन्त गोयल बुधबार दिउँसो काठमाडौं आइपगेका छन् । उनी दिउँसो एक बजे भारतीय वायुसेनाको विमानमार्फत् काठमाडौँ आइपुगेका छन् । उनीसँगै नौ सदस्यीय उनको टोली काठमाडौं ओर्लिएको हो ।

उनलाई स्वागत गर्न नेपालको अध्यागमन विभागका अधिकारी र सुरक्षाकर्मी विमानमै पुगेका थिए ।

भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको कार्तिक १८ गतेदेखि काठमाडौं आउँदैछन् । सोही भ्रमणको तयारीका लागि उनी काठमाडौं उत्रिएको विशेष स्रोतले जनाएको छ । पछिल्लो समय दुई देशवीच कालापानी र लिम्पियाधुरासमेत सम्मिलित नक्सा जारी गरिएपछि सम्बन्ध चिसिएको छ ।

सेनापति आउनुअघि सम्बन्ध सुधार्न उनको भ्रमण भएको बताइएको छ । कलसाइन IFC 4620 रहेको विमानमा काठमाडौं आइपुगेका गोयल प्रधानमन्त्री केपी ओलीलगायत उच्चपदस्थ ब्यक्तित्वहरुसँग भेटघाट गर्ने बताइएको छ । बुधबार रातिसम्म महत्वपूर्ण भेटघाट सकेर उनी विहीबार बिहान साढे ९ बजे भारत फर्कने बताइएको छ ।

स्मरणीय छ, उनी जिम्मेवारी सम्हाल्नासाथ गतवर्ष साउन ४ गते पनि नेपाल आएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay