scheduleसोमवारमाघ १२ गते, २०७७

म्युजिक भिडियोमा ‘एक्सन’, हेर्नुहोस पल, वर्षा र शिशिरको माया छल्किएको (भिडियो)

काठमाडौं, ५ कात्तिक । बुधबार इन्टरनेटमा नयाँ गीत रिलिज भएको छ । दिपक सिलवालको शब्द तथा संगीतमा गायक शिव परियार र निरुषा भट्टराईको स्वरमा रहेको नयाँ गीत ‘छलक छलक छल्क्यो माया’ रिलीज भएको हो ।

यस गीतमा नायक पल शाह, नायिका बर्षा राउत र अभिनेता शिशिर भण्डारीले अभिनय गरेका छन् । प्राय म्युजिक भिडियोमा प्रेम, विछोड र रोमान्सका दृश्य देख्न पाइए पनि यसमा भने एक्सनसहितको रोमान्टिक दृश्यहरु समेटिएका छन् ।

चलचित्रका नायक/नायिकाहरु समेटिएकोले गीत हेर्दा फिल्म हेरेजस्तै लाग्नेगरी म्युजिक भिडियो निर्माण गरिएको देखिन्छ ।

सञ्जय थापा र शुक्रराज शाहको एक्सन निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन तथा नवीन निरौलाको सम्पादन तथा कलर ग्रेडिङ रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay