scheduleमगलवार मंसिर १६ गते, २०७७

बुधबार थपिए ५७४३ कोरोना संक्रमित, कुल संक्रमितको संख्या १ लाख ४४ हजार नाघ्यो

काठमाडौं, ५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७४३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ९९६ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ ।

बुधबारसम्म ४ हजार ६५ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ४४ हजार ४७६ जना आइसोलेसनमा रहेका छन् ।

आजसम्म कुल १३ लाख ३४ हजार ८९७ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप २६ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७९१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay