scheduleबिहिवार मंसिर १८ गते, २०७७

नेविसंघका महामन्त्री वैद्यले गरे खाद्यान्न वितरण

काठमाडाैं, ५ कात्तिक । नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले आर्थिक रुपमा विपन्न परिवार, विद्यार्थी र श्रमिकलाई लक्षित गर्दै खाद्यान्न वितरण गरेका छन् ।

वैद्यले बुधबार काठमाडौंको चावाहीलमा ६५५ जनालाई खाद्यान्न वितरण गरेको हो । प्रत्येक परिवारलाई चामल, तेल, नून, मस्यौरा, दाल, चियरा लगाएतका खाद्य सामाग्री वितरण गरिएको नेविसंघ महामन्त्री वैद्यले जानकारी दिए ।

कोरोना महामारीका कारण समस्यामा परेका वर्गलाई चाडपर्वमा सहयोग गरिएको उनले बताए । वैद्यले राज्य जनताप्रति उत्तरदायि हुन नसकेको भन्दै सांकेतिक विरोध स्वरुप पनि सहयोग कार्यक्रमलाइ निरन्तरता दिइएको उल्लेख गरे ।

यसअघि वैद्यले मास्क वितरण गरेका थिए भने विभिन्न स्थानमा समस्यामा परेका वर्गहरुलाई खाजा खुवाउने अभियान सञ्चालन गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay