scheduleबुधवार मंसिर १७ गते, २०७७

मोहम्मद सिराजले आईपीएल इतिहासमा यसरी रचे इतिहास

काठमाडौं, ६ कात्तिक । आईपीएलको १३औं सिजनको २९औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीले तीव्र गतिका बलर मोहम्मद सिराजलाई अवसर दिए ।

उनलाई दोस्रो ओभरमै बलिङ गर्ने जिम्मेवारी पनि दिए । उनले उक्त ओभर केवल मेडन मात्र खेलेनन्, २ बलमा लगातार विकेट लिएर कोलकत्तालाई संकटमा धकेलिदिए ।

सुरुवातदेखि नै धर्मराएको कोलकाताको पारीलाई कप्तान इयान मोर्गानले केही हदसम्म भएपनि सम्हाले । मोहम्मद सिराजले एकै ओभरमा राहुल त्रिपाठी र नितिश राणालाई आउट गरेपछि दबाबमा आएको कोलकाताका ओपनर शुभमन गिल पनि आउट भएपछि कोलकाता ३-३ को अवस्थामा पुगेको थियो ।

यो विकेटसँगै कोलकत्ताले अन्तिमसम्म पनि शीर उठाउन पाएन । टिमको लगातार विकेट गिरिरह्यो । कोलकत्ताले ८ विकेट गुमाएर २० ओभरमा केवल ८४ रन मात्र ल्याउन सक्यो । यो सिजनकै सबैभन्दा कम स्कोर हो ।

उक्त खेलमा सिराज एक खेलमै दुई मेडन राख्ने पहिलो खेलाडी बने । उनले ४ ओभर बलिङ गर्दा ८ रन दिएर ३ विकेट लिए । सिराजले राहुल त्रिपाठी, नितीश राणा र टम बेन्टनलाई शिकार बनाए ।

सिराज आईपीएलको कुनै खेलमा तीन वा यसभन्दा बढी विकेट लिनेक्रममा सबैभन्दा कम रन दिने चौथो बलर बनेका छन् । यसअघि अनिल कुंबलेले पाँच रन दिएर पाँच विकेट, डेल स्टेनले आठ रन दिएन तीन विकेट र ड्वेन स्मिथले आठ रन दिएर चार विकेट लिएका थिए ।

उनी खेलका म्यान अफ दि म्याच पनि बने । उनलाई दोस्रो ओभरमै बलिङ गर्न पाउँछु भन्ने लागेको थिएन । कप्तान कोहलीले बलिङ गर्न तयार होऊ भनेपछि उनले अवसर पाए ।

आईपीएलको इतिहासमा पहिलोपटक २० ओभर नै ब्याटिङ गरेर सबैभन्दा कम स्कोर बनाएको यो पहिलोपटक हो । यसअघि २००९ मा साउथ अफ्रिकाको डरबनमा किंग्स इलेवन पञ्जाबले चेन्नई सुपर किंग्सको विरुद्ध २० ओभर खेल्दा ८ विकेट गुमाएर ९२ रन बनाएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay