scheduleबुधवार मंसिर १७ गते, २०७७

स्वदेश फर्किए ‘रअ’ प्रमुख गोयल

काठमाडौं, ६ कात्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल स्वदेश फर्किएका छन् ।

बुधबार दिउँसो नेपाल आएका गोयलले केही महत्त्वपूर्ण भेटघाट गरेको भएपनि सरकारले सम्पूर्ण सूचना गोप्य राखेको छ ।

भारतीय गुप्तचर प्रमुख गोयलको टोली विहीबार बिहान आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट बिहान सवा १० बजे स्वदेश फर्किएको विमानस्थल सुरक्षा स्रोतले जानकारी दिएको छ ।

सत्तारुढ नेकपाकै नेताहरु गुप्तचर प्रमुखको भ्रमणबारे अन्योलमा रहेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले ‘रअ’ प्रमुखसँग भेट गरेको भन्ने समाचारको खण्डन गरेको छ ।

कालापानी सीमा विवादलाई लिएर नेपाल र भारतबीच सम्बन्ध चिसिएको बेला भारतीय गुप्तचर प्रमुखको नेपाल भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay