scheduleमगलवार मंसिर १६ गते, २०७७

काठमाडौं उपत्यकामा थपिए १५५२ कोरोना संक्रमित

काठमाडौं, ६ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५५२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार २८३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी ललितपुरमा १५७ र भक्तपुरमा ११२ जनामा संक्रमण पुष्‍टि भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल ३६३७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार नाघेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay