scheduleबुधवार मंसिर १७ गते, २०७७

सरकार जनताप्रति संवेदनहीन, गैरजिम्मेवार र कर्तव्यविमुख देखियोः देउवा

काठमाडौं, ६ कात्तिक । कोरोना संक्रमित नागरिकको निशुल्क परीक्षण र उपचार नगर्ने सरकारी निर्णयको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरोध गरेका छन् ।

देउवाले विहीबार एक विज्ञप्ति जारी गर्दै कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय लज्जास्पद भएको प्रतिक्रिया दिएका हुन् । सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, अपाङ्ग र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण र उपचार निःशुल्क गर्ने बताएपछि देउवाको यस्तो प्रतिक्रिया आएको हो ।

सरकारले यी बाहेक अरु सबैले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरेपछि व्यापक आलोचना बढिरहेको छ । सरकारी निर्णयले सरकार जनताकाप्रति संवेदनहीन, गैरजिम्मेवार, अनुत्तरदायी र कर्तव्यविमुख देखिएको देउवाले बताएका छन् ।

आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक भएको उनको निष्कर्ष छ । ‘सरकारले जनताहित, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्था विपरित निर्णय गरी घोर अलोकतान्त्रिक चरित्रको प्रदर्शन र सर्वोच्च अदालतको पनि अवहेलना गरेको छ,’ उनले भनेका छन्, ‘यस्तो स्थिति आउन नदिन म प्रधानमन्त्रीजीलाई सजग गराउन चाहन्छु ।’

कोभिड–१९ नियन्त्रणमा सरकार प्रारम्भदेखि नै गैरजिम्मेवार भएको र महामारीको भयावह अवस्था सिर्जना हुनुमा सरकार जिम्मेवार रहेको उनले बताएका छन् ।

आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय खारेज गर्नुपर्ने देउवाको माग छ । ‘नागरिकको स्वास्थ्य परिक्षणदेखि संक्रमितको उपचारसम्म सबै काम निशर्त, भेदभाव बिना, निःशुल्क गर्ने व्यवस्था मिलाउन सरकार र प्रधानमन्त्रीलाई आग्रह गर्दछु,’ उनले भनेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay