scheduleशनिवार मंसिर २० गते, २०७७

नेपालमा कोरोनामुक्त हुनेको संख्या १ लाख नाघ्यो

काठमाडौं, ६ कात्तिक । नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २१५ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघेको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २१ जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ८०० नाघेको छ । हालसम्म कुल ८१२ जनाको ज्यान गइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay