scheduleमगलवार मंसिर १६ गते, २०७७

जसपाले ललितपुरमा केन्द्रीय कार्यालय भवन र वीरगञ्जमा प्रशिक्षण केन्द्र बनाउने

काठमाडौं, ६ कात्तिक । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यालय भवन निर्माण गर्न प्रक्रिया अगाडि बढाउने भएको छ ।

यही कात्तिक ३ र ४ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन बनाउन नक्सा पास गराउने र तत्कालीन संघीय समाजवादी फोरम, नेपालको नाउँमा ललितपुरमा रहेको जग्गा जनता समाजवादी पार्टी, नेपालको नाउँमा नामसारी गर्ने निर्णय बैठकले गरेको छ,’ ती नेताले भने ।

यसअघि राष्ट्रिय जनता पार्टीले बबरमहलमा पार्टी कार्यालय सञ्चालन गर्दै आएको थियो भने समाजवादी पार्टीले बालकुमारी ललितपुरमा आफ्नो कार्यालय सञ्चालन गर्दै आएको थियो ।

पर्साको वीरगञ्जमा रहेको ५ कठ्ठा जग्गालाई पनि जनता समाजवादी पार्टीको नाउँमा नामसारी गरी पार्टीको केन्द्रीय स्तरको प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्न प्रशिक्षण केन्द्रको भवन बनाउने निर्णय बैठकले गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay