scheduleबुधवार मंसिर १७ गते, २०७७

पूर्वराजा शाहको निष्कर्ष- जनता अभिभावकविहीन बने

फाइल फोटो

काठमाडौंं, ६ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनता अभिभावकविहीन बनेको निष्कर्ष निकालेका छन् । दशैंको अवसरमा विहीबार एक शुभकामना सन्देश जारी गर्दै उनले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताएका छन् ।

पूर्वराजा शाहले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको उल्लेख गरेका छन् ।

उनले संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ भन्ने आम मान्यता अगाडि सार्दै पीडाबोध भइरहेको बताएका छन् । ‘यस आधारमा हेर्दा नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध यतिबेला हुँदैछ,’ उनले भनेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ, जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ ।’

शाहले विदेशमा गएर रोजगारीमा लागेकाहरू संकटमा छन् भन्दै देशभित्र उनीहरूको श्रम,सीप र सामर्थ्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त नभएको बताएका छन् । ‘त्यसैले, देश, समाज र परिवारको मोह ममताले आएकाहरू पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

पूर्वराजा शाहले राहत, रोजगार र रोगको उपचार खोज्दै भौंतारिका जनसमूहलाई भरपर्दो आड आधारको आवश्यकता महशुस गराउन नसकिएको उल्लेख गरेका छन्। उनले दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रासजस्ता विषयले जनजीवन पिरोलिएको बताएका छन्।

‘समाजमा अनेक आपराधिक गतिविधि र पिसाच प्रवृत्ति बढ्दो छ, यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ,’ उनले अहिलेको परिस्थितिमाथि कटाक्ष गर्दै भनेका छन्, ‘आज सबैले बढ्दो आशुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन् ।’

शाहले ‘नेपाललाई चिनौं, नेपालीलाई बुझौं, नेपाली भएर बाँचौं अनि नेपाल र नेपालीको निम्ति सोचौं’ भन्दै नेपालकै हितका खातिर र नेपाली शैली अंगालेर उज्यालो बाटोतिर लैजाऔं भनेर आग्रह गर्दै आएको स्मरण गराएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay