scheduleशनिवार मंसिर २० गते, २०७७

कोभिड-१९ को उपचारमा अमेरिकामा रेम्डिसिभिरलाई पूर्णरुपमा स्वीकृति

काठमाडौं, ७ कात्तिक । अमेरिकाको खाद्य तथा औषधी प्रशासनले रेम्डिसिभिर नामको औषधिलाई कोभिड-१९ को बिरामीका लागि प्रयोग गर्न पूर्णरुपमा स्वीकृति प्रदान गरेको छ ।

सरकारको यो निर्णयसँगै रेम्डिसभिर कोभिड-१९ को उपचारमा प्रयोग गर्नका लागि स्वीकृति प्राप्त गर्ने पहिलो औषधि बनेको छ ।

यसअघि नै उक्त औषधि आपतकालीनरुपमा प्रयोग हुँदै आएको थियो । भेक्लरी नामको ब्राण्डनाम अन्तरगत यो औषधी मे महिनादेखि नै प्रयोगमा आए पनि अहिले प्रशासनले पूर्णरुपमा प्रयोगका लागि स्वीकृति दिएको हो ।

यो एकप्रकारको एन्टीभाइरल औषधि हो । कोरोना संक्रमितहरुमा प्रभावकारी रुपमा काम गरिरहेको नतिजा प्राप्त हुँदै आएका छन् । अमेरिकामा अस्पतालमा भर्ना भएका १२ वर्ष वा त्यो भन्दा माथिका तथा ४० किलोभन्दा बढी तौल भएकाहरुको उपचारमा प्रयोग गरिँदै आइएको यो औषधि अस्पतालमा डाक्टरको निगरानीमा मात्र दिनुपर्ने हुन्छ ।

यो औषधिको प्रयोगबाट कोभिड-१९ का बिरामीहरु छिटो निको भएको र ११ दिनमै डिस्चार्ज गर्न सक्ने अवस्था सिर्जना गरेको कम्पनीले जनाएको छ ।

श्रृंखलावद्ध क्लिनिकल परीक्षणपछि अनुमति दिएसँगै अमेरिकाको खाद्य तथा औषधि प्रशासनले यो स्वीकृतिलाई महत्वपूर्ण वैज्ञानिक कोषेढुंगाको रुपमा चित्रण गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay