scheduleशुक्रवार मंसिर १९ गते, २०७७

सर्लाहीमा सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी (भिडियोसहित)

एसपी यादव/सर्लाही, ७ कात्तिक । कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष चैत ११ गते देखि हालसम्म नेपाल-भारत सीमाक्षेत्र सिल गरिएको छ । तर सर्लाहीमा भने सशस्त्र प्रहरीको सेटिङमा तस्करले जिल्लास्थित विभिन्न चोर नाकाबाट भारतीय सामग्रीहरुको खुलेआम तस्करी गर्दै आएका छन् ।

तस्करलाई भारत-नेपाल दुईतर्फी सामान ओसारपसार गर्ने काममा सर्लाहीका सशस्त्र प्रहरी प्रमुख एसपी गंगाराम श्रेष्ठको कमान्डमा रहेका पाँच जना घुमुवा सशस्त्र प्रहरी सक्रिय रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार पाँच जना घुमुवा सशस्त्र प्रहरीहरुमा एकजना प्रहरी नायब निरीक्षक र चार जना सहायक प्रहरी हवल्दार रहेका छन् । प्रहरी नायव निरीक्षकमा प्रमोद सिंह र सहायक प्रहरी हवल्दारमा क्रमशः रौशन यादव, श्याम पण्डित, सुरेन्द्र महतो र टंक अधिकारी रहेका छन् ।

सई प्रमोद सिंह कोट मास्टर भएपनि तस्करहरुसँगको सेटिङ मिलाउने काममा उनको मुख्य भूमिका रहँदै आएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार, सर्लाहीको सदरमुकाम मलङ्ग्वाका व्यापारी र भारतको सीमावर्ती बजार सोनवरसाका प्रत्येक व्यापारीहरुबाट घुमुवा सशस्त्र प्रहरीले मासिक रकम उठाउने गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेश टावर मलंगवाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक मनोजबहादुर चन्द समेतले व्यापारीहरुसँग महिनावारी रकम असुली गर्दै आएका छन् । आफ्नो एरिया भित्र कुनै प्रकारको रोकावट नगर्ने सर्तमा उनले महिनावारी रकम उठाउदै आएको स्रोतले बताएको छ ।

तस्करहरुको बढ्दो सक्रियता र सशस्त्र प्रहरीको सेटिङमा जिल्लास्थित विभिन्न चोर नाकाबाट भारतीय सामग्रीहरुको रात्री तथा दिउँसोको समयमा पनि खुलेआम तस्करीमा तिव्रता आएको स्रोतले जनाएको छ ।

तस्करहरुले खुलेआम भारतीय सामग्रीहरु अवैधरुपमा नेपाल भित्र्याउने गरेका छन् । यसबाट नेपाल सरकारलाई प्राप्त हुने करोडौ रुपैयाँको सरकारी राजस्व चुहावट भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay