scheduleशुक्रवार मंसिर १९ गते, २०७७

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्विकृत गर्ने निर्णय

काठमाडौं, ७ कार्तिक । कर्णाली प्रदेशका संसदीय दलका नेता महेन्द्रबहादुर शाही विरुद्ध ल्याइएको अविश्वास प्रस्ताव अस्विकृत गर्ने निर्णय भएको छ ।

शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहेका शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो।

प्रदेश संसदीय दलको कार्यालयमा बसेको उक्त बैठकमा ३३ प्रदेश सांसदमध्ये १८ जना सांसदको उपस्थिति रहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली समर्थक सांसदहरुले बैठक बहिष्कार गरेका थिए ।

बैठकमा मुख्यमन्त्री शाहीले नयाँ प्रमुख सचेतक र सचेतकको नियुक्तिबारे संसदीय दललाई जानकारी गराएका थिए।

असोज २५ गते मुख्यमन्त्रीका आकांक्षी यामलाल कंडेलको नेतृत्वमा सत्तारुढ दलभित्रकै १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay