scheduleशनिवार मंसिर २० गते, २०७७

तलेजुमा बलिरहित पूजाः लगिएन दशैँघर

भक्तपुर, ७ कात्तिक । यहाँस्थित तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ ।

हरेक वर्ष बडादशैँको फूलपातीको दिन तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष भने बलि नदिई पूजा गरिएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उनले जानकारी दिए । गुठी संस्थानका खर्चमा हुने वर्षौँदेखि चल्दै आएको बलि दिने परम्परा यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको हो ।

तलेजुलाई मूल चोकको दशँैघरमा विराजमान गराउने वर्षौँदेखिको परम्परासमेत रोकिएको छ । यस वर्ष तलेजुलाई मूल घरबाट बडादशैँ घर नलगिएको मूल नाइके जोशीले जानकारी दिए ।

त्यसैगरी यस वर्ष कुमारीलाई काठमाडौंस्थित कुमारीघरमै राखिएको छ । कुमारीलाई फूलपातीको दिनदेखि तलेजुमा राख्ने परम्परा भए पनि यस वर्ष भने ल्याइएको छैन । यस वर्ष कुमारी जीविका बज्राचार्यलाई क्वाठण्डौँमा नै राखेर पूजा गरिएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay