scheduleबिहिवार मंसिर १८ गते, २०७७

प्रधानमन्त्री ओलीको सचिवालयको स्पष्टीकरण- शुभकामनामा नयाँ नक्सा नै प्रयोग गरिएको छ

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दशैंको शुभकामना सन्देशमा प्रयोग भएको नक्साबारे स्पष्टीकरण दिएको छ । प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शुक्रबार साँझ एक प्रेस नोट जारी गर्दै निशाना छापमा नयाँ नक्सा नै प्रयोग गरिएको दावी गरेका छन् ।

सल्लाहकार थापाले केही ठूला तस्बिरहरु प्रमाणको रुपमा पेश गर्दै भनेका छन्, ‘ठूलो आकारको नक्सामा प्रष्ट देख्न सकिन्छ ।’ उनले नक्साको राजनीति र अफवाह फैलाउन उद्यत भएको भन्दै विरोध गर्नेहरुको भ्रममा नपर्न अपिल समेत गरेका छन् ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंकाे उपलक्षमा ट्वीट गर्नुभएकाे शुभकामनामा प्रयाेग भएकाे निशान छापमा रहेकाे नक्सालाई विवादमा तान्न खाेजिएकाेप्रति गंभीर ध्यानाकर्षण भएकाे छ,’ प्रेस नोटमा भनिएको छ, ‘नक्साकाे सानाे आकार प्रयाेग गर्दा यस्ताे हुनु स्वभाविक हाे । यस तथ्यलाई केही ठूलाे आकारकाे साेही नक्सामा प्रष्ट देख्न सकिन्छ । डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखाेजेर नक्साकाे राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यकाे आधारमा सत्यकाे नजिक पुग्नसमेत आग्रह गर्दछु ।’

सल्लाहकार थापाले लिम्पियाधुरासहितकाे नेपालकाे नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साकाे औपचारिक प्रयाेगका लागि संसदकाे सर्वसम्मतिमा संविधान संशाेधन नै गरिएकाे स्मरण गराएका छन् । ‘तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम सम्माननीय प्रधानमन्त्रीकै दृढ र साहसिक नेतृत्वमा चालिएको धेरै समय भएको छैन,’ उनले भनेका छन् ।

‘अहिले यस विषयमा याेजनबद्धरूपमा सिर्जना गर्न खाेजिएकाे भ्रम अनुचित छ,’ उनले भनेका छन्, ‘त्यस्ताे कुनै भ्रम र कुप्रचारकाे अन्याेलमा नपर्न सबै न्यायप्रेमी, देशभक्त र जिज्ञासु महानुभावहरूमा हार्दिक अनुराेध गर्न चाहन्छु ।’

शुक्रबार बिहान प्रधानमन्त्रीको ट्विटमार्फत् प्रेसित सन्देशमा चुच्चे नक्सा गायब हुनुलाई प्रधानमन्त्रीको भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँगको भेटपछिको प्रभाव भनेर अर्थ्याउँदै सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay