scheduleमगलवार मंसिर १६ गते, २०७७

क्रिसमस अघि नै सीमा खोल्ने तयारीमा अष्ट्रेलियाली प्रधानमन्त्री

क्यानबेरा, ७ कात्तिक । अष्ट्रेलियाका आठमध्ये सात राज्य तथा क्षेत्रका नेताहरूले यस बर्षको अन्त्यसम्म महामारीका कारण बन्द घरेलु सीमा खुला गर्ने योजनामा सैद्धान्तिक सहमति गरेको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् ।

मोरिसनले शुक्रबार केन्द्रीय मन्त्रीपरिषद्को बैठकको अध्यक्षता गर्दै पश्चिम अस्ट्रेलियाका पिमियर मार्क म्याकगोवानबाहेक स्थानीय नेताहरूले डिसेम्बर २५ अर्थात् क्रिसमससम्ममा घरेलु सीमा खोल्न सहमत भएका बताएका हुन् ।

मोरिसनले क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘पश्चिमी अष्ट्रेलियाको अपवादबाहेक हामी सिद्धान्ततः फेरि सहमत बनेका छौँ ।’

अर्थव्यवस्था, समुदाय र समाजमा विभिन्न गतिविधिहरू सुरु मात्र नभई योजनालाई अघि बढाउन सार्वजनिक स्वास्थ्य गतिविधिका आवश्यक कार्यहरू पनि समावेश गरिनेछ उनले कोभिड–१९ महामारी नियन्त्रणलाई जोड दिँदै भने ।

म्याकगोवानले नोभेम्बरमा होटल क्वारेन्टाइनमा हालसालै फर्केका यात्रुहरूको सङ्ख्या १४० रहेको भन्दै तत्काल धेरै लचकता अपनाउन नहुने धारणा राखेको बुझिएको छ । सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay