scheduleबुधवार मंसिर १० गते, २०७७

बामफर्डको ह्‍याट्रिकमा लिड्सले एस्टन भिल्लालाई हरायो

काठमाडौं, ८ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा लिड्स युनाइटेडले जीत हात पारेको छ । प्रतियोगितामा हालसम्म अपराजित रहेको एस्टन भिल्लालाई उसैको मैदानमा ३-० ले हराउँदै लिड्सले तेस्रो जीत हासिल गरेको हो ।

लिड्सको जीतमा प्याट्रिक बामफर्डले ह्याट्रिक गरे । उनले २० मिनेटको अन्तरालमा ३ गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको सबै गोल दोस्रो हाफमा भएका थिए । ५५औं मिनेटमा पहिलो गोल गरेका बामफोर्डले ६७औं र ७४औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरेका हुन् । त्यसपछि थप गोल भएन र लिड्सले सहजै एस्टन भिल्लालाई हरायो ।

जीतसँगै ६ खेलबाट १० अंक जोडेको लिड्स अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । हारका बाबजुद एस्टन भिल्ला १२ अंकसहित दोस्रो स्थानमा यथावत् छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay