scheduleमगलवार श्रावण १९ गते, २०७८

पूर्वप्रधानमन्त्री भट्टराई दम्पतिलाई कोरोना संक्रमण

काठमाडौँ, ८ कात्तिक । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार बिहान एक ट्विट सन्देशमार्फत डा भट्टराईले गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूहरुलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

चिकित्सकहरूको सल्लाह बमोजिम उनीहरु दुवै जना होम आइसोलेसनमा रहेका छन् ।

‘हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!’ उनले ट्विटरमा लेखेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय