scheduleसोमवार मंसिर १५ गते, २०७७

२०२२ विश्वकप फुटबल : युरोपियन क्षेत्रको ‘ड्र’ डिसेम्बरमा सार्वजनिक

काठमाडाैं, ८ कात्तिक ।  कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको ‘ड्र’ डिसेम्बरमा सार्वजनिक हुने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले युरोपियन क्षेत्रको ‘ड्र’ डिसेम्बर ७ मा जुरिचमा गरिने जनाएको छ ।

कोरोना भाईरसलाई मध्ये नजर गर्दै ‘ड्र’ भर्चुअल हुनेछ । जसमा सबै देशका प्रतिनिधिको सहभागिता हुनेछ । युरोपियन छनोटमा ५५ राष्ट्र सहभागी हुने छन् । जसलाई १० समूहमा विभाजन गरिने छ ।

समूह चरणमा सबै टिमले होम एण्ड अवेको आधारमा खेल्ने छन् । १० समूहको समूह विजेता कतार विश्वकपमा छनोट हुनेछन् । उपविजेताले प्ले अफ खेल्ने छन् । युरोपियन छनोटको खेलहरु २०२१ को मार्चदेखि नोभेम्बरसम्म सकिने बताईएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay