scheduleबिहिवार मंसिर १८ गते, २०७७

विश्वमा यस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था

न्यूयोर्क, ८ कात्तिक । विश्वभर कोरोना भाइरसबाट सवा ४ करोड  भन्दा बढी मानिस संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म ४ करोड २१ लाख ४८ हजार ८७५ संक्रमित भएका छन्।

संक्रमितमध्ये ११ लाख ४४ हजार १६५ जनाको मृत्यु भएको छ भने २ करोड ८५ लाख ५२ हजार ४२० निको भएका छन्।

कोरोना भाइरसबाट अमेरिकामा सबभन्दा बढी ८४ लाख ९२ हजार ५६९ जना संक्रमित भएका छन्। जसमध्ये ३३ लाख ७५ हजार ४२७ निको भएका छन् भने २ लाख २३ हजार ९८७ को मृत्यु भएको छ।

अमेरिकापछि भारतमा सबभन्दा बढी  ७८ लाख १४ हजार ६८२ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १ लाख १७ हजार ९५६ जनाले ज्यान गुमाएका छन् भने ७० लाख १६ हजार ४६ जना निको भएका छन् ।

 तेस्रो स्थानमा रहेको ब्राजिलमा ५३ लाख ५३ हजार ६५६ संक्रमित मध्ये ४५ लाख २६ हजार ३९३ निको भएका छन्। त्यस्तै १ लाख ५६ हजार ४७१ को मृत्यु भएको छ।

गत वर्षको डिसेम्बर अन्तिमदेखि चीनको वुहानबाट फैलिएको भाइरसबाट चीनमा   हालसम्म ९१ हजार १०८ जना संक्रमित भएका छन्।  संक्रमितमध्ये चीनमा ४ हजार ७३९ ले ज्यान गएको छ । त्यस्तै ८५ हजार ९५० निको भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay