scheduleसोमवार मंसिर १५ गते, २०७७

कोलकाताविरुद्ध टस जितेर दिल्ली बलिङ गर्दै, सन्दीप अझै बेन्चमै

काठमाडौं, ८ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स खेल्दै छन् ।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेसमेत आबद्ध दिल्लीका कप्तान श्रेयस अय्यरले टस जितेर बलिङ रोजेपछि दिल्ली केहीबेरमा फिल्डिङमा उत्रदैँ छ ।

यद्यपि हालसम्म दिल्लीले खेलेका १० वटै खेलमा मौका नपाएका सन्दीप ११औं खेलमा पनि बेन्चमा नै रहेका छन् । आजको खेलमा दिल्लीले दुई परिवर्तन गरे पनि त्यसमा सन्दीप भने समावेश छैनन् ।

अजिन्क्या रहाने र एनरिच नोर्त्जे टोलीमा फर्कँदा पृथ्वी श र डानियल साम्स बाहिर रहेका छन् ।

दिल्लीले हालसम्म खेलेका १० खेलमध्ये ७ मा जीत हात पारेको छ भने तीनमा पराजित भएको छ । त्यसैगरी कोलकाताले समान खेलमा ५ जीत निकाल्दा ५ खेलमा हार व्यहोरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay