scheduleशुक्रवार मंसिर १९ गते, २०७७

यि हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका १५ जिल्लाहरु

काठमाडाैं, ८ कात्तिक । नेपालमा शनिबारसम्ममा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै २ हजार २२५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शनिबारसम्ममा एक लाख आठ हजार ३३४ संक्रमणमुक्त भएसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ ।

सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामा २० हजार ७२२ जना छन् भने ललितपुरमा २ हजार ५३३ र भक्तपुरमा १ हजार ४५४ रहेका छन् । हालसम्म कोरोना संक्रमित ८४२ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडाै, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा सक्रिय संक्रमितको संख्या ५०० भन्दा माथि रहेको छ।

मोरङमा ३ हजार ७७, सुनसरीमा २ हजार ४५६, रुपन्देहीमा १ हजार ९७७, चितवनमा १ हजार ६९, मकवानपुरमा १ हजार २४, कास्कीमा ८०६, कैलालीमा ७२२, झापामा ७२१, दाङमा ७१३, काभ्रेमा ५८०, सुर्खेतमा ५६४ र बाँकेमा ५३९ सक्रिय संक्रमित छन्।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay