scheduleमगलवार श्रावण १९ गते, २०७८

‘बुद्ध जन्मेको देशमा काटमार बन्द गरौं, शाकाहारी बनौं’

काठमाडाैं, ८ कात्तिक । डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाले बडा दशैंका बेला देवीदेवताको नाममा हुने पशु हत्या हिंसा अन्त्य गर्नुपर्ने बताएका छन् ।

दशैं, छठ, ल्होसार इत्यादि पर्वमा धेरै मानिसहरुले आफूले खानको लागि देवीदेवताको नाममा पशु चौपायाको काटमार गर्ने गरेको भन्दै त्यस्ता हत्याहिंसा अन्त्य गर्नुपर्ने उनले बताएका हुन् ।

डोल्पो बुद्ध गुरुले आर्थिक रुपमा विश्वमा नेपाल गरिब देशको रुपमा परिचित रहेको भन्दै बुद्ध जन्मेको देशमा काटमार बन्द गरेर सकेसम्म सबै जना शाकाहारी बनेर सामाजिक कार्य गर्नुपर्नेमा जोड दिए ।

उनले अर्काको हत्या गरेर मासु खाएर मात्र खुसी हुन नसकिने भन्दै दशैंमा आफूलाई जन्मदिने आमाबुवालाई लत्ता कपडा किनिदिएर अथवा टाढा रहेका परिवारसँग एक कल फोन गरेर एक आपसमा खुसी साटेर पनि मनाउन सकिने बताए ।

दशैंको बेला महंगो मूल्यमा खसी, बोका लगायत किनेर खानुभन्दा खान नपाएका गरिब, दुःखी र कोरोना संक्रमण भएर उपचार नपाएका बिरामीलाई सहयोग र दान गर्नु ठूलो धर्म हुने उनको भनाई छ ।

त्यस्तै उनले यस वर्ष कोरोना संक्रमणको जोखिम रहेकाले विश्व स्वास्थ्य संगठन र सरकारले बनाएका स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरेर परिवारसँग दशैं मनाउन सुझाव दिए । उनले दशैंको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना समेत व्यक्त गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय