scheduleसोमवार मंसिर १५ गते, २०७७

दिल्लीलाई ५९ रनले हराउँदै कोलकाताले प्लेअफको दाबी बलियो बनायो

काठमाडौं, ८ कात्तिक । आईपीएलको १३औं सिजनको ४२औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ५९ रनले हराएको छ । टस हारेर ब्याटिङ गरेको कोलकाताले १९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जबावमा दिल्लीले ९ विकेटमा १३५ रन बनाउन सक्यो । वरुण चक्रवर्तीले आफ्नो आईपीएल करिअरको सर्वश्रेष्ठ प्रदर्शन गरे । उनले ४ ओभरमा २० रन दिएर ५ विकेट लिएर दिल्लीको ब्याटिङ लाइनलाई धरासायी बनाइिदए ।

यो जितसँगै कोलकोताले प्ले-अफको लागि आफ्नो दाबी थप मजबुत बनाएको छ ।

दिल्लीको लागि कप्तान श्रेयस अय्यरले सबैभन्दा धेरै ४७ रन बनाए । ऋषभ पन्तले २७ रनको पारी खेले । त्यस्तै केकेआरका लागि वरुणसँगै प्याट कमिन्सले ३ र लोकी फर्ग्युसनले एक विकेट लिए ।

दिल्लीले खराब सुरुवात गर्‍यो । अजिंक्य रहाणे इनिंग्सको पहिलो बलमै आउट भए । उनलाई शून्य रनमै प्याट कमिन्सले आउट गरिदिए । यसपछि शिखर धवनले पनि केही खास गर्न सकेनन् र ६ रन बनाएर कमिन्सको दोस्रो शिकार बने ।

ओपनर्सको छिट्टै आउट भएसँगै अय्यर र पन्तले पारी सम्हाले । उनीहरुले तेस्रो विकेटका लागि ६३ रनको पार्टनरशीप गरे । कोलकोताको लागि खतरनाक बनिरहेको यो साझेदारीलाई वरुणले तोडे । वरुणले पन्तलाई २७ रनको व्यक्तिगत स्कोरमा शुभमन गिलको हातबाट क्याच गराए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay