scheduleमगलवार श्रावण १९ गते, २०७८

रहेनन् ब्रुनेईका राजकुमार अजिम, ३८ वर्षमा मृत्युको कारण खुलेन

ब्रुनेई, ८ कात्तिक । ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार असामयिक निधन भएको छ । उनी ३८ वर्षको थिए ।

सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मेका अजिम ब्रुनेईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो सुपुत्र थिए ।

सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ ।

शनिबार साँझसम्म राजकुमार अजिमको मृत्युको कारणबारे दरबारद्वारा कुनै सूचना सार्वजनिक भएको छैन । सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय