scheduleमगलवार मंसिर १६ गते, २०७७

सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिडको जीत

काठमाडौं, ९ कात्तिक । स्पेनिस लालिगा फुटबलको सबैभन्दा रोचक खेल ‘एल क्लासिको’, अर्थात् दुई स्पेनी महारथी क्लब बार्सिलोना र रियल मड्रिडबीचको खेलमा रियल मड्रिडले जीत हात पारेको छ ।

शनिबार राति सम्पन्‍न खेलमा रियल मड्रिडले बार्सिलोनालाई उसैको मैदानमा ३-१ ले हराएको हो । रियलको जीतमा फेडेरिको भालभर्डे, कप्तान सर्जियो रामोस र लुका मोड्रिचले १-१ गोल गरे । बार्सिलोनाका तर्फबाट अन्सु फातीले एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा नै भाल्भर्डेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर त्यसको मिनेटमै बार्सिलोनाका युवा स्टार फातीले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ १-१ को बराबरमा सकिएको थियो ।

दोस्रो हाफको ६३औं मिनेटमा प्राप्त पेनाल्टीमा कप्तान रामोसले गोल गर्दै रियललाई पुनः अग्रता दिलाए । खेल सकिन केही समय बाँकी रहेको अवस्थामा ९०औं मिनेटमा मोड्रिचले गोल गर्दै रियलको ३ १ को जीत सुनिश्चित गरे ।

जीतसँगै ६ खेलबाट १३ अंक बनाएको रियल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ भने पराजित बार्सिलोना ७ अंकसहित १०औं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay