scheduleशुक्रवार मंसिर १९ गते, २०७७

बलर चम्किँदा पञ्‍जाबको शानदार पुनरागमन, हैदराबाद पराजित

काठमाडौं, ९ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शनिबारको दोस्रो खेलमा किङ्स इलाभेन पञ्जाबले शानदार जीत निकालेको छ । सामान्य रनको लक्ष्य जोगाउने क्रममा उसले सनराइजर्स हैदराबादलाई १२ रनले पराजित गर्‍यो ।

पञ्जाबले दिएको १२७ रनको सामान्य लक्ष्य पछ्याएको हैदराबाद १९.५ ओभरमा ११४ रनमै समेटिएको थियो । कप्तान डेभिड वार्नरले सुरुवातदेखि नै आक्रामक शैलीमा ब्याटिङ गरे पनि उनी ३५ रनमा आगट भएपछि अन्य ब्याट्सम्यानहरु पनि सस्तैमा पेभेलियन फर्किएका थिए ।

५७ रनमा पहिलो विकेट गुमाएको हैदराबादले त्यसलगत्तै अर्का ओपनर जोनी बेयरस्टोलाई गुमायो । उनी १९ रनमा आउट भए । त्यसपछि अब्दुल शमाद आउट भएपछि विजय शंकर र मनिष पाण्डेले केही बेर पारी सम्हाले । तर त्यसपछि टोलीको स्कोर १०० रन हुँदा मनिष पाण्डे र ११० रन हुँदा विजय शंकर आउट भए भने त्यसपछि आएका जेसन होल्डर पनि सस्तैमा गएपछि हैदराबादले अन्तिम १४ रन बनाउँदा ७ विकेट गुमायो र ११४ रनमै समेटियो । पञ्‍जाबका क्रिस जोर्डन र अर्शदीप सिंहले ३-३ विकेट लिए भने रवि विश्‍नोइ, मुरुगन आश्‍विन र मोहम्मद शामीले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्‍जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२६ रन बनाएको थियो । निकोलस पूरानले सर्वाधिक ३२ रन बनाए भने केएल राहुलले २७, क्रिस गेलले २०, मन्दीप सिंहले १७ र ग्लेन म्याक्सवेलले १२ रन बनाए । हैदराबादका जेसन होल्डर सन्दीप शर्मा र राशिद खानले २-२ विकेट लिए ।

योसँगै लगातार चौथो जीत निकालेको पञ्‍जाब ११ खेलबाट १० अंकसहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । हैदराबादको ८ अंक छ र छैटौं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay