scheduleबिहिवार मंसिर १८ गते, २०७७

प्रिमियर लिगमा लिभरपुलले सेफिल्डलाई हरायो, युनाइटेड र चेल्सी बराबरीमा

काठमाडौं, ९ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति सम्पन्‍न खेलमा लिभरपुल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले १-० ले पछि परेको अवस्था उल्टाउँदै सेफिल्ड युनाइटेडमाथि २-१ को जीत निकालेको हो ।

१३ औं मिनेटमा फाबिन्होले ओलिभर मक्बर्नीलाई लडाएपछि रेफ्रीले सेफिल्डलाई पेनाल्टी दिएका थिए । भिएआरबाट प्राप्त पेनाल्टीमा सान्डर बर्ग चुकेनन् र खेलमा लिभरपुल पछि पर्‍यो ।

पहिलो हाफको ४ मिनेट बाँकी रहँदा लिभरपुलले खेल बराबरीमा ल्यायो । साडियो मानेको प्रहार रोकेपछि फर्किएको बलमा रोबर्टो फर्मिनोले गोल गर्न सफल भए ।

६४ औं मिनेटमा डिओगो जोटाले मानेकै क्रसलाई हेडरमार्फत गोलमा परिणत गरेपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो ।

जीतसँगै लिभरपुल १३ अंक जोडेर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने जीतविहिन सेफिल्ड १ अंकका साथ १९औं स्थानमा छ ।

युनाइटेड र चेल्सीको बराबरी

गएराति नै सम्पन्‍न खेलमा म्यान्चेस्टर युनाइटेड र चेल्सीले गोलरहित बराबरी खेलेका छन् । घरेलु मैदानमा भएको खेलमा युनाइटेडले पाएका मौकाहरु सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

बराबरीपछि ५ खेलबाट ७ अंक रहेको युनाइटेड १५औं स्थानमा रहेको छ भने चेल्सी ६ खेलबाट ९ अंकिसहित छैंटौं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay