scheduleशुक्रवार मंसिर १९ गते, २०७७

रहेनन् सामसङका अध्यक्ष ली कुन ही

सियोल, ९ कात्तिक । सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हीको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

दक्षिण कोरियाली कम्पनी सामसङलाई विश्वव्यापी ब्राण्ड बनाउन सफल लीलाई २०१४ मा हृदयाघात भएपछि ओछ्यान परेका थिए । त्यसपछि जटिल जीवन बिताउँदै आएका उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे सूचनाहरु कम मात्र बाहिरिएको द गार्डियनले लेखेको छ ।

जापानद्वारा कब्जा गरिएको डेगुमा ९ जनवरी १९४२ मा जन्मिएका लीले उनको पिताको १९८७ मा निधन भएपछि कम्पनीलाई नेतृत्व प्रदान गर्दै आएका थिए । स्यामसङको संस्थापक लिका पिता ली ब्युङ-चुल हुन् ।

सामसङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी गम्भीर दुःखका साथ सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन हीको निधन भएको घोषणा गर्दछौं । अध्यक्ष लीको अक्टोबर २५ मा निधन भएको हो र उहाँको अन्तिम समयमा उहाँका परिवार र कम्पनीका उपाध्यक्ष जे वाइ ली साथमै हुनुहुन्थ्यो ।’ कम्पनिले वक्तव्यमा मृत्युको कारणबारे केही खुलाएको छैन ।

‘अध्यक्ष ली सच्चा दूरदर्शी हुनुहुन्थ्यो जसले सामसङलाई विश्वको अग्रणी कम्पनीको रुपमा स्थापित गर्न नेतृत्व गर्नुभयो र स्थानीय व्यवसायबाट औद्योगिक शक्ति केन्द्रसम्म पुर्याउन योगदान गर्नुभयो,’ कम्पनीले भनेको छ, ‘उहाँको विरासत अनन्तसम्म रहिरहनेछ ।’

दक्षिण कोरियाका लगायत विश्वको अधिकांश देशसम्म प्रभुत्व जमाउँदै आएको सामसङले दक्षिण कोरियाको आर्थिक उन्नयमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay