scheduleमगलवार मंसिर १६ गते, २०७७

सुकुम्बासी बस्तीमा आमाको बञ्चरो प्रहार गरी हत्या

सांकेतिक तस्बिर

कञ्चनपुर, ९ कात्तिक । घरायसी विवादमा पुनर्वास नगरपालिका –३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन् । साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँंगै टाउकामा बञ्चराले हिर्काएका थिए । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।

अभियुक्त पप्पुलाई पक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए । उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखिएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay