scheduleबुधवार मंसिर १७ गते, २०७७

प्रजापति समुदायद्वारा विश्वकर्मा पूरा

फाइल फोटो

काठमाडौं, ९ कात्तिक । भक्तपुरका प्रजापति समुदायले बडा दशैंको नवौ दिन अर्थात् नवमीमा विश्वकर्मा पूजा गरी मनाएका छन् ।

नवमीका दिनमा प्रजापतिहरुले विशेष रुपमा विश्वकर्मा पूजा गर्ने गर्दछन् । प्रजापति समुदायले विश्वकर्मालाई आफ्नो कुल देवता मान्ने भएकाले नवमीका दिनमा बोका, भाले इत्यादिको बली दिई विधिपूर्वक पूजा आरधना गरी मनाउने गर्दछन् ।

प्रजापति समुदायमा पहिलेदेखि चलिआएको माटोका भाडा बनाउन सीप सिकाउने विश्वकर्मा एउटा कुल जस्तै भएकाले नवमीका दिनमा विशेष रुपमा पूज ागर्ने गरिएको स्थानीय किरण प्रजापतिले जानकारी दिए ।

अन्य समुदायले विश्वकर्मा पूजा असोज १ गतेका दिन उद्योग कलकारखाना, आफ्ना सवारीसाधान तथा धातुजन्य बस्तु लगायतलाई पूजा गरी मनाउने गर्दछन् ।

भगवान् विश्वकर्मा वेदज्ञ, ज्योतिषज्ञ, वास्तुविद् तथा हरेक शास्त्रका ज्ञाता भएकाले सर्वज्ञ मानिएको छ भने शिल्पकला, वास्तुकला, मूर्तिकला, हस्तकला, काष्ठकला आदिका प्रवर्तक नै मानिन्छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay