scheduleबिहिवार मंसिर १८ गते, २०७७

नवमीको दिनसम्म बजारमा सामान्य चहलपहल जारी

काठमाडौं, ९ कात्तिक । विगत वर्षमा बडा दशैंको सातौ दिन फूलपातीदेखि प्राय सुनसान बन्ने काठमाडौ उपत्यका यस वर्ष नवमीको दिनसम्म पनि बजारमा किनमेल गर्ने मानिसको चहलपहल देखिएको छ ।

शनिबार वडा दशैंको आठौं दिन अष्टमीका दिन काठमाडौं उपत्यकाका मुख्य व्यापारी केन्द्रहरुमा पुग्दा ति ठाउँहरूमा मानिसहरुको विगत वर्षको तुलनामा बाक्लो चहल पहल देखिएको हो । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष उपत्यकाबाट बाहिरिने मानिसहरुको संख्या विगत वर्षको तुलनामा कम रहेकाले पनि महाअष्टमीका दिनसम्म बजारमा सामान किनमेल गर्ने मानिसको भीड देखिएको हो ।

काठमाडौका मुख्य व्यापारीक केन्द्रदेखि सडकका फुटपातसम्मका स्थानमा मानिसको भीड देखिएको हो । सार्वजनिक सवारीसाधनमा लामो यात्रा गर्दा कोरोना संक्रमणको जोखिम रहेका कारण र सरकारले पनि यथास्थानमा रहेर दशै मनाउन आग्रह गरेका कारण पनि यस वर्ष उपत्यकाबाट दशैं मनाउन बाहिरिने सर्वसाधारणको संख्या विगत वर्षको तुलनामा कम रहेको छ ।

यता व्यापारीले पनि दशैंको समयमा पनि बजारमा मानिसको चहलपहल बाक्लो देखिएपनि सामान खरिद गर्ने ग्राहकको संख्या कम रहेको बताएका छन् । त्यस्तै व्यापारीहरुले यस वर्ष विगत वर्षको तुलनामा व्यापार कम रहेको बताएकाछन् ।

नेपाली प्रमुख चाड दशै नजिकिएसँगै विगत वर्षमा दशै मनाउन लाखौंको संख्यामा सर्वसाधारण बाहिरिएपछि फूलपातीदेखि नै उपत्यका सुनसान बन्ने गर्दथ्यो । फूलपाती अघि नै किनमेल सकेर दशै मनाउन गृह जिल्ला फर्किने भएकाले सुनसान हुने गर्दथ्यो ।

तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण दशैंमा उपत्यकाबाट बाहिरिने मानिसको संख्या न्यून रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay