scheduleबिहिवार मंसिर १८ गते, २०७७

उपचार खर्च व्यहोर्न नसक्ने बिरामीको निशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, ९ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार गर्न नसक्ने भनी स्वघोषणा गरेका बिरामीहरुको निशुल्क उपचार गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयका आईसीएस कोअर्डिनेटर डा. गुणराज लोहनीले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारको निर्देशनविपरित उपचार नगर्ने अस्पतालहरुले बिरामी अवस्था बिग्रिएमा जिम्मेवार हुनुपर्ने चेतावनी दिएका छन् ।

‘कतिपय अस्पतालहरुले कोभिड-१९ का बिरामीलाई भर्ना गर्दा रकम माग गरेको, रकम जम्मा गर्न नसक्नेहरुलाई उपचार सेवाबाट वञ्चित गर्ने गरेको र अस्पतालहरुले रकम जम्मा गर्नका लागि सूचना समेत सार्वजनिक गरी उपचार खर्च व्यहोर्न नसक्नेहरुका लागि उपचार पाउनबाट बञ्चित भएको जनगुनासो आएको सम्बन्धमा यो विज्ञप्ति जारी गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले गरिब, विपन्न, अशक्त, असहाय, ज्येष्ठ नागरिकहरुको उपचार नेपाल सरकारले निःशुल्क गर्ने र सोका लागि बिरामीहरुका तर्फबाट स्वयम् घोषणा भए मात्र पनि मान्य हुने र सो उपचार सेवा बापतको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने स्पष्ट पारेको छ ।

‘यसविपरित कार्य गर्ने गराउने गरी बिरामीको स्वास्थ्यमा असर पर्न गएमा स्वयम् अस्पताल नै जिम्मेवार हुने व्यहोरा समेत जानकारी गराइन्छ,’ मन्त्रालयले भनेको छ । कुनै पनि बिरामीहरु उपचार खर्चको अभावमा उपचारबाट बञ्चित गर्नु अस्पताल सेवाको मर्म, स्वास्थ्यकर्मीको आचारसंहिता विपरित हुने मन्त्रालयले स्मरण गराएको छ ।

सबै सरकारी, सामुदायिक, निजी, गैरसरकारी अस्पतालहरु र मेडिकल कलेजहरुले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड-१९ संक्रमितको उपचार निःशुल्क गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay