scheduleबुधवार मंसिर १० गते, २०७७

आइपिएल क्रिकेट: बैंगलोरमाथि सहज जीत दर्ता गर्दै चेन्‍नईले हारको श्रृंखला तोड्यो

काठमाडौं, ९ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत आइतबारको पहिलो खेलमा चेन्‍नई सुपर किङ्सले जीत हात पारेको छ । प्रतियोगिताबाट बाहिरिने लगभग निश्‍चित भइसकेको चेन्‍नईले चौथो जीत हात पार्ने क्रममा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गर्‍यो ।

बैंगलोरले दिएको १४६ रनको मध्यम लक्ष्य चेन्‍नईले ८ बल बाँकी छँदै २ विकेटको क्षतिमा पूरा गरेको थियो । ओपनर रुतुराज गायक्वाडले अविजित ६५ रन बनाउँदा अम्बाती रायुडुले ३९ र फाफ डुप्लेसीले २५ रन बनाए । बैंगलोरका क्रिस मोरिस र युजुभेन्द्र चहलले १-१ विकेट लिए ।

यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । कप्तान विराट कोहलीले ५० र एबी डिभिलयर्सले ३९ रनको योगदान दिए । चेन्‍नईका साम करानले ३, दीपक चहरले २ र मिचेल सान्टनरले १ विकेट हात पारेका थिए ।

जीतसँगै १२ खेलबाट ८ अंक बटुलेको चेन्‍नई अंकतालिकाको सातौं स्थानमा रहेको छ भने पराजित बैंगलोर १४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

आइतबारकै दोस्रो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सले प्रतिष्पर्धा गर्दै छन् । अबुधाबीमा पौने ८ बजे सुरु हुने खेलमा टस जितेर मुम्बईका कप्तान कायरन पोलार्डले ब्याटिङ रोजेका छन् । नियमित कप्तान रोहित शर्मा चोटका कारण आराममा रहेका कारण लगातार दोस्रो खेलमा पोलार्डलाई कप्तानको जिम्मेवारी दिइएको हो । मुम्बई केहीबेरमा ब्याटिङमा उत्रँदै छ ।

अपडेट गरिएको: आइतबार बेलुकी ७ :२७ बजे

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay