scheduleबुधवार मंसिर १० गते, २०७७

स्टोक्सको शतकमा मुम्बईमाथि राजस्थानको शानदार जीत

काठमाडौं, १० कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत आइतबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सले शानदार जीत निकालेको छ । प्रतियोगितामा पाँचौं जीत दर्ता गर्ने क्रममा उसले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गर्यो ।

मुम्बईले दिएको १९६ रनको लक्ष्य राजस्थानले १० बल बाँकी रहँदै केवल २ विकेटको क्षतिमा पूरा गर्यो । राजस्थानका बेन स्टोक्सले शतक प्रहार गरे । ६० बल खेलेका उनी १०७ रनमा अविजित रहे । त्यसैगरी सन्जु सामसन पनि ५४ रनमा अविजित रहे । यी दुईबीच तेस्रो विकेटका लागि १५२ रनको साझेदारी भएको थियो ।

यसअघि अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो । हार्दिक पान्ड्याले विस्फोटक ब्याटिङ गर्दै मुम्बईलाई विशाल योगफलसम्म पुर्‍याएका थिए । उनले केवल २१ बलमा अविजित ६० रनको पारी खेले । त्यसैगरी सुर्यकुमार यादवले ४० इशान किशनले ३७ र सौरभ तिवारीले ३४ रन बनाए । राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले २ २ तथा कार्तिक त्यागीले १ विकेट लिए ।

जीतसँगै १२ खेलबट १० अंक बटुलेको राजस्थान छैटौं स्थानमा उक्लिएको भने हारका बाबजुद मुम्बई तालिकाको शीर्ष स्थानमा यथावत् छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay