scheduleबुधवार मंसिर १० गते, २०७७

प्रिमियर लिग: आर्सनलमाथि लेस्टरको जीत, साउथह्‍याम्पटनले एभर्टनलाई हरायो

काठमाडौं, १० कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति सम्पन्‍न खेलमा लेस्टर सिटी विजयी भएको छ । प्रतिष्पर्धात्मक खेलमा लेस्टरले आर्सनललाई उसैको मैदानमा १-० ले हरायो ।

लेस्टरको जीतमा जेमी भार्डीले एकमात्र गोल गरे । उनले ८०औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।

जीतसँगै ६ खेलबाट १२ अंक जोडेको लेस्टर अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित आर्सनल समान खेलबाट ९ अंकसहित १०औं स्थानमा छ ।

एभर्टनको अपराजित यात्रामा पूर्णविराम

त्यसैगरी गएराति नै भएको अर्को खेलमा साउथह्‍याम्पटनले लिग लिडर एभर्टनलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्‍याम्पटनले १० खेलाडीमा सीमित एभर्टनलाई २-० ले हराएको हो ।

साउथह्‍याम्पटनको जीतमा जेम्स वार्ड पावरोज र चे एडम्सले १-१ गोल गरे । पावरवजले २७औं मिनेटमा तथा एडम्सले ३५औं मिनेटमा गोल गरेपछि साउथह्‍याम्पटनले पहिलो हाफमा नै २-० को अग्रता बनाएको थियो ।

दोस्रो हाफको ७२औं मिनेटमा डिफेन्सिभ मिडफिल्डर लुकास डिग्‍नेले रातो कार्ड खाएपछि एभर्टन १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि एभर्टनको डिफेन्स थप कमजोर बनेको थियो । यद्यपि त्यसपछि कुनै गोल भने भएन र साउथह्‍याम्पटन २-० ले विजयी भयो ।

हारसँगै एभर्टनको अपराजित यात्रामा पूर्णविराम लागेको छ । हारका बाबजुद एभर्टन १३ अंकसहित शीर्षस्थानमा यथावत् छ भने साउथह्‍याम्पटन १० अंकसहित छैंटौं स्थानमा उक्लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay