scheduleबुधवार मंसिर १० गते, २०७७

प्रचण्डलाई छाड्ने शर्तमा मन्त्री बन्दै यी तीन भाग्यमानी पूर्व माओवादी !

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंलगत्तै मन्त्रीपरिषद हेरफेर गर्न लागेका छन् । स्रोतका अनुसार उनले पार्टीको निर्देशन वा शीर्ष तहमा छलफल गरेर सहमतिमा मन्त्री थप्न लागेको नभई केहि पूर्वमाओवादी नेतालाई उपहारस्वरुप मन्त्री बनाउन लागेका हुन् ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका तीन नेतालाई आफ्नो पक्षमा तानेर ओलीले सरकार र पार्टीमा आफ्नो वर्चस्व बढाउन लागेका हुन् । केही राज्यमन्त्री हटाउने र केही मन्त्रालय टुक्राएर भएपनि मन्त्रीको संख्या बढाउने योजनामा रहेको ओलीनिकट स्रोतको दावी छ ।

प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर नेकपाभित्र पछिल्लो समय बोलचाल समेत बन्द हुँदै गएको अवस्था छ । तर, प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाल पक्षका नेतालाई मन्त्री पद देखाएर फकाउन थालेपछि यो समूह थप उत्तेजित हुनसक्ने अनुमान गरिएको छ । ओलीले सुरुमा प्रचण्ड–नेपाल समूहलाई संघीय मन्त्रीपरिषद, राजनीतिक नियुक्ति र प्रदेशका मुख्यमन्त्रीमा भागबण्डा मिलाउने आश्वासन दिने गरेको भएपनि निर्णय गर्दा एकलौटी गर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले अबको मन्त्रीपरिषद हेरफेरमा पनि प्रचण्ड–नेपाल समूहलाई बाईपास गरेर अगाडी बढ्ने संकेत गरिसकेका छन् । स्रोतका अनुसार दशैंलगत्तै पूर्व माओवादीका नेताहरु हरिबोल गजुरेल, टोपबहादुर रायमाझी र प्रभु शाहलाई मन्त्री बनाउने आश्वासन गईसकेको छ । गजुरेल प्रचण्डका प्रिय नेता मानिन्थे भने रायमाझी र शाह माओवादी आन्दोलनभर डा.बाबुराम भट्टराई पक्ष भनेर चिनिन्थे ।

डा.भट्टराई माओवादीमा हुँदासम्म र माओवादीले सत्तामा अवसर पाउँदा रायमाझी र शाहले भट्टराईको मान्छे बनेरै पटक–पटक मन्त्री बन्‍ने अवसर पाएका थिए । रौतहटबाट प्रतिनिधित्व गर्ने प्रभु शाह मधेसमा पकड भएको नेता हुन् । उनलाई ओलीले आफ्नो पक्षमा तानेपछि वरिष्ठ नेता माधव नेपालको पनि गृह जिल्ला भएकोले रौतहटसहित तराईका अन्य जिल्लामा समेत ओलीको पकड हुने अनुमान गरिएको छ ।

सिन्धुलीका नेता गजुरेल र अर्घाखाँचीका रायमाझीलाई पनि तानेपछि प्रचण्डलाई थप कमजोर बनाउन सकिने विश्लेषण ओली पक्षको छ । यसअघि नै प्रचण्डका विश्वासपात्र ठानिएका केही नेता ओली समूहमा खुलेरै लागेका छन् । उद्योगमन्त्री लेखराज भट्टले त खुलेरै प्रचण्डसँग नरहेको सार्वजनिक रुपमै बोलिसकेका छन् ।

यता प्रचण्ड–नेपाल समूहले पनि दशैंलगत्तै प्रधानमन्त्री ओलीसँग वारपार गर्ने मनस्थिति बनाईसकेको छ । प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग्ने वा पार्टी र प्रधानमन्त्री दुवैबाट हटाउन पार्टीको बैठक बोलाउने भन्‍ने छलफल प्रचण्ड–नेपाल समूहभित्र सुरु भएको छ ।

यो पनि-

सामन्तलाई पाहुना बनाउँदा नेकपामा घरझगडा, ओझेलमा विदेश नीतिको बहस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay