scheduleबिहिवार मंसिर १८ गते, २०७७

पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान गरून्ः प्रधानन्यायाधीश

काठमाडौँ, १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कोभिड–१९ को विषम परिस्थितिको बाध्यतालाई ग्रहण गर्दै आआफ्नो घरपरिवारभित्र अधिकतम सावधानी र सतर्कताका साथ चाडपर्व मनाउन सबैमा आग्रह गरेका छन् ।

विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले यी पर्वले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान गर्ने विश्वाससमेत उनले व्यक्त गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले कोरोना भाइरसबाट सङ्क्रमित स्वदेश तथा विदेशमा हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

कोरोना भाइरसका कारण उत्पन्न विषम र असहज परिस्थितिको सामना गर्नुपरिरहेको स्मरण गर्दै उनले मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायत विधि र मापदण्ड नै रोगको रोकथाम र नियन्त्रणका उपयुक्त विकल्प भएको बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay