scheduleबिहिवार मंसिर १८ गते, २०७७

सभामुख सापकोटाको अपिल- यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउनुहोस्

काठमाडौँ, १० कात्तिक । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल गरेका छन् । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा सोमबार शुभकामना दिँदै उनले सम्भव भएसम्म आफू बसोबास गरिरहेका स्थानमा नै चाडपर्व मनाउन आग्रह गरेका छन् ।

विगतमा जस्तो यस पटक पारिवारिक पुनर्मिलन र सामाजिक अन्तरघुलनका लागि सहजता नभएको उल्लेख गर्दै उनले यस वर्षका चाडपर्व कोभिड–१९ लाई परास्त गर्ने सङ्कल्पका लागि आपसी छलफल गर्ने अवसर बन्ने विश्वास आफूले लिएको बताएका छन् ।

सभामुख सापकोटाले प्राकृतिक विपत्ति र कोरोना भाइरसका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

वर्षभरि आइरहने चाडपर्व नेपाली संस्कृतिका मौलिक विशेषता भएको उल्लखे गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा मनाइने चाडपर्वले विविधताबीचको एकता, सामाजिक सद्भाव एवं व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्ने काम गरेको बताएका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay