scheduleमगलवार मंसिर १६ गते, २०७७

पोखरामा ट्राफिक र प्रहरीसहित १०१ कोरोना संक्रमित थपिए

काठमाडौं, १० कात्तिक । गण्डकी प्रदेशको राजधानी पोखरामा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार विहान दिएको जानकारी अनुसार संक्रमित हुनेमा ट्राफिक प्रहरी र नेपाल प्रहरीमा कार्यरत पुरुषहरु समेत रहेका छन् ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ५ जना ट्राफिक प्रहरी र ३१ जना नेपाल प्रहरीमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी पोखराका विभिन्‍न वडाका अन्य ६५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय राजधानी पोखरासहित गण्डकी प्रदेशभर संक्रमणको दर बढिरहेको छ । पोखरामा सक्रिय संक्रमितको संख्या १००० नाघिसकेको छ ।

यस्तै पोखराका १०१ सहित गण्डकी प्रदेशमा २५२ जनामा संक्रमण पुष्‍टि भएको छ । अन्य संक्रमितहरुमा नवलपरासी पूर्वका ९८ जना, तनहुँका २६ जना, बाग्लुङका १७ जना, लमजुङका ५ जना, गोरखाका ४ जना र स्याङ्जाका १ जना छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay