scheduleबिहिवार मंसिर १८ गते, २०७७

फिल्म निर्देशक महेश भाट ड्रग्स र युवती कारोबारीको डन भएको आरोप

काठमाडौं, १० कात्तिक । बलिउड चलचित्र क्षेत्रमा विवादमा आईरहने निर्देशक, प्रोड्युसर र लेखक हुन महेश भट । नायक सुसान्तसिंह राजपुतको मृत्यु प्रकरणपछि बलिउडमा लागुऔषध ड्रग्स सेवन गर्ने र गराउनेमा चलचित्रका ठुला हस्तीहरुको नाम जोडिँदै आएका छन् ।

बलिउडमा नाम चलेका र घरानिया स्टारहरुको समेत ड्रग्स सेवन गर्नेमा नाम आउन थालेपछी तातेको हिन्दी फिल्म बजारमा पछिल्लो पटक निर्देशक महेश भाटमाथी भने ड्रग्स र युवतीको ठुलो सप्लायर्सको धब्बा लागेको छ । उनि ड्रग्स र केटी सप्लाई गर्ने बलिउडकै ठुलो डन भएको आरोप लागेको छ । यो आरोप बाहिरबाट नभई उनको आफ्नै परिवारबाट लागेको हो ।

निर्देशक भाटकी बुहारीले नै उनीमाथी यो गम्भीर आरोप लगाएपछि भाट अप्ठ्यारोमा परेका छन् । यो आरोप गम्भीर प्रकृतिको भएकोले यसले उनलाई अदालतसम्म पुर्‍याउन सक्ने छ ।

उनकी भान्जी बुहारी लुविना अग्रवालले भाटलाई यो आरोप लगाउँदै सोही कारण आफुले भाट परिवारबाट अलग हुन लागेको समेत बताएकी छिन् । उनले महेश भाटका भाञ्जा सुमित अग्रवालसँग बिहे गरेपछी आफुलाई भाटको यो घृणित कामबारे थाहा भएको भन्दै अग्रवालसँग डिभोर्स गर्न लागेको समेत भनेकी छिन् ।

लुविनाले आफ्नो श्रीमानको मोबाईलबाट यो सबै कुरा थाहा पाएको भन्दै मोबाईलमा भएका बलिउडका ठुला हस्तीसँगै मामा ससुरा महेश भाट समेत केटी र ड्रग्स कारोबारी भएको रहस्य खुलेको भनेकी छिन् । उनले यसबारेमा थप प्रमाण दिन आफु तयार रहेको भन्दै भिडियो सन्देश समेत सार्वजनिक गरेकी छन् ।

लुविनाले महेश भाटले यो सबै कुरा मलाई थाहा छ भन्ने बुझेपछी आफु समस्यामा पर्न सक्ने भन्दै ज्यानको सुरक्षा समेत मागेकी छन् । उनले महेश भाट देख्दा चलचित्र निर्देशक,लेखक र प्रोड्युसर जस्तो देखिए पनि बलिउडमा धेरै कलाकारको भविष्यसँग खेल्ने डन भएको आरोप समेत लगाईन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay