scheduleबिहिवार मंसिर १८ गते, २०७७

कोरोना संक्रमित भट्टराईले टाढैबाट पिताको आशिर्वाद थापे

काठमाडाैं, १० कात्तिक । पुर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले यस वर्षको विजयादशमीका दिन टाढैबाट बुबाको आर्शीवाद ग्रहण गरेर मनाएका छन् ।

कोरोना संक्रमण देखिएसँगै भट्टराई दम्पत्ति अहिले होम आइसोलेसनमा बसिरहेका छन् । होम आइसोलेसनबाटै गत वर्षको दशैंको तस्बिर पोस्ट गर्दै भट्टराईले सबैलाई कोरोनाबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन आग्रह गरेका छन् ।

सोमबार समाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘कोरोना महामारीका कारण यस वर्ष विजया दशमीका दिन टाढैबाट बुबाको आशिर्वाद ग्रहण गरियो र गत वर्षको फोटो हेरेर चित्त बुझाइयो ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay